
काठमाडौं । सांसद प्रकाश सिंह कार्कीले टेकुबाट मात्रै ग्यास बिक्री–वितरण गरेर उपभोक्ताको समस्या समाधान नहुने बताएका छन्। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले भक्तपुर, कीर्तिपुरलगायत विभिन्न स्थानका उपभोक्तालाई टेकुसम्म पुगेर ग्यास लिन व्यावहारिक रूपमा कठिन हुने बताए।
उनले भने, “टेकुमा ग्यास बाँडेर हुन्छ ? भक्तपुर, कीर्तिपुर कुना–कुनाका मान्छे कसरी आउँछन् ? फेरि यताउता गरेर हाफ सिलिन्डरमा लाने हो भने मात्रै हो।”
सांसद कार्कीले पेट्रोलियम क्षेत्रका लागि स्पष्ट कानुनको अभाव रहेको भन्दै कानुनी व्यवस्था नहुँदा कसलाई कारबाही गर्ने भन्ने अन्योल रहेको बताए। उनले सरकार, उद्योगी र उपभोक्ता अधिकारकर्मीबीच पनि एउटै विषयमा फरक–फरक धारणा देखिएको टिप्पणी गरे।
उनले बजार अनुगमन प्रभावकारी नभएको भन्दै तत्काल आवश्यक कानुन निर्माण गरी उपभोक्ताको हित संरक्षण गर्न सरकारसँग माग गरे। “बजार अनुगमन पनि जिरो छ। खबर गरेर सेटिङमा गर्ने कि उपभोक्ताको हितका लागि ?” भन्दै उनले निगमका कर्मचारीलाई प्रभावकारी अनुगमनमा ध्यान दिन आग्रह गरे।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल