
काठमाडौं । अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफाबार छलफलकामा केन्द्रीय बैंकको गभर्नर र सञ्चालक समितिको पदावधि यथावत् पाँच वर्ष राख्ने वा घटाउने विषयमा समितिका सदस्यहरूले फरक–फरक धारणा व्यक्त गरेका छन् ।
समितिको आज बैठकमा सांसद लिमा अधिकारीले गभर्नर र सञ्चालक समितिको पदावधि चार वर्ष कायम गर्नुपर्ने बताइन्। सांसद सुशील खड्काले पनि हालको पाँच वर्षको पदावधिलाई घटाएर चार वर्ष कायम गर्न उपयुक्त हुने बताए । समितिका अर्का सदस्य पारसमणि गेलालले भने गभर्नर र सञ्चालक समितिको पदावधि तीन वर्ष हुनुपर्ने धारणा व्यक्त गरे ।
सांसद परशुराम तामाङले पदावधि सकिएपछि कार्यसम्पादन सन्तोषजनक भएमा गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल एकपटक थप गर्न सकिने व्यवस्था गर्नुपर्ने सुझाव दिए । सांसद पुष्पराज कँडेलले पनि पाँच वर्षको सट्टा चार वर्षे पदावधि उपयुक्त हुने बताउँदै कार्यकाल एकपटक थप गर्न सकिने व्यवस्था हुनुपर्ने बताए ।
सांसद गणेश पराजुलीले पनि नेपाल राष्ट्र बैंक निश्चित विधि र प्रक्रियाअनुसार सञ्चालन हुने संस्था भएकाले गभर्नर र सञ्चालक समितिको पाँच वर्षे पदावधि यथावत् राख्नुपर्ने धारणा व्यक्त गरे । सांसद विदुषी राणाले गभर्नर, डेपुटी गभर्नर र सञ्चालक समितिका सदस्य नियुक्तिका लागि योग्यता फरक–फरक निर्धारण गर्नुपर्ने सुझाव दिइन् ।
अर्थ समितिका सभापति डा कृष्णहरि बुढाथोकीले गभर्नर तथा सञ्चालक समितिको पदावधि कति वर्ष कायम गर्ने, कार्यकाल थप गर्ने वा नगर्ने विषयमा समितिमा छलफल जारी रहेको जानकारी दिए ।











समाचार
बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु
बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ
अर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच छलफल, वित्तीय संकटबाट नागरिक र निजी क्षेत्रलाई उकास्न अर्थमन्त्रीको पहल
स्टक ब्रोकर एसोसिएसनको आगामी निर्वाचनमा अध्यक्षका लागि कृष्ण गिरीकाे उम्मेदवारी घाेषणा
नाट्टा निर्वाचनका लागि भरत जंग पाण्डेको नेतृत्वमा प्यानल घोषणा
बिनाकागजात वैदेशिक रोजगारीमा गएकाहरूको उद्धार गर्दै मन्त्रालय
‘फ्री भिसा–फ्री टिकट’ नीति कागजमै सीमित व्यवहारमा कार्यान्वयन हुन सकेन : श्रममन्त्री यादव
भ्याक्सिनेटरको भुक्तानीबाट घुस लिएको आरोपमा सेवा विज्ञ केन्द्रका दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
ईपीएसमा कुनै ‘लुपहोल’ छैन : श्रममन्त्री यादव
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू