
काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको ब्यारेकसहित विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ । घटनामा मानवीय क्षति भने भएको छैन ।
बिहीबार राति करिब १ बजेर १५ मिनेटमा तातोपानीस्थित सशस्त्र प्रहरी बल नेपाल बीओपीको उत्तरपश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो खसेको थियो । पहिरोबाट खसेका ढुंगा एकआपसमा ठोक्किएर उछिट्टिँदा बीओपी परिसरमा क्षति पुगेको हो ।
घटनाका कारण पहिलो लाइन ब्यारेकको एउटा झ्यालको सिसा फुटेको छ भने दोस्रो लाइन ब्यारेकको भित्तामा प्वाल परेको छ । उक्त ब्यारेकको जस्ताको छानोमा समेत ६ वटा प्वाल परेको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यस्तै एउटा ड्युटी पोस्ट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने अर्को ड्युटी पोस्टमा आंशिक क्षति पुगेको छ । सि.अ.को बाथरुमको भित्तामा समेत प्वाल परेको छ ।
ढुंगा लागेर हिमाली ज्याकेटमा प्वाल परेको, राष्ट्रिय झण्डा राखिएको पोल पूर्ण रूपमा क्षतिग्रस्त भएको तथा जिन्सी स्टोर भवनमा तीनवटा प्वाल परेको प्रहरीले जनाएको छ । मेनगेट अगाडिको सिँढीमा समेत क्षति पुगेको छ । घटनामा मानवीय क्षति नभए पनि पहिरोका कारण बीओपी परिसरका विभिन्न संरचनामा भौतिक क्षति पुगेको प्रहरीले जनाएको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि