काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले गत अक्टोबरमा युद्धविराम लागू भएदेखिका ३०० दिनमा गाजा पट्टीमा कम्तीमा ३०० बालबालिकाको मृत्यु भएको रिपोर्ट गरेको छ । मध्यपूर्व र उत्तर अफ्रिकाका लागि युनिसेफका क्षेत्रीय निर्देशक एडवर्ड बेगबेडरले युद्धविराम चलिरहेको समयमा पनि हरेक दिन औसतमा एक जना बच्चाको ज्यान गएको बताउँदै उनले अन्य सयौँबालबालिका घाइते भएको बताए ।
घाइतेमध्ये धेरै गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै उनले गाजाका बालबालिकाहरू अझै पनि हिंसा अन्त्यको प्रतीक्षामा रहेको बताए । युनिसेफका अनुसार परिवारहरू हाल गाजा पट्टीको करिब एक तिहाइ भू–भागमा सीमित रहँदै क्षतिग्रस्त भवनहरू, भग्नावशेष र ठोस फोहोर जम्मा भएर असुरक्षित भएका स्थानमा बाँचिरहेका छन् । गाजा पट्टीभरि बालबालिकाहरूले तीव्र कुपोषण, रोग, असुरक्षित पिउने पानी र क्षतिग्रस्त सरसफाइ प्रणालीको सामना गर्न बाध्य भएको जनाइएको छ ।
युनिसेफले सबै सम्बन्धित पक्षहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानून र अन्तर्राष्ट्रिय कानूनअन्तर्गत आफ्ना दायित्वहरू कायम राख्न आह्वान गरेको छ । एजेन्सीले बालबालिकाको सुरक्षा गर्न, स्वास्थ्य सेवा, शिक्षा, सुरक्षित पिउने पानी र खाना लगायत आवश्यक वस्तु र सेवाहरूमा उनीहरूको पहुँच सुनिश्चित गर्न र समस्यामा परेका बालबालिकाहरूलाई सुरक्षित, द्रुत र निर्बाध मानवीय पहुँचको सुविधा प्रदान गर्नुपर्नेमा जोड दिएको छ ।
समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल