
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, कोष प्रबद्र्धक तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको “रिलायबल सामूहिक लगानीकोष” अन्तर्गत सञ्चालित रिलायबल समृद्धि योजना–२ का इकाइहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २०८३ साल साउन २२ गते सूचीकृत भएका छन् ।
नेपाल धितोपत्र बोर्डबाट २०८३ साल वैशाख ३ गते सार्वजनिक निष्कासनको स्वीकृति प्राप्त गरेको उक्त योजनाको इकाइहरूको अन्तिम बाँडफाँट २०८३ साल असार ४ गते सम्पन्न भएको थियो । कुल १२ करोड ५० लाख इकाइ रहेको यस बन्दमुखी सामूहिक लगानी कोषको प्रति इकाइ अंकित मूल्य रु. १० तथा कुल कोष आकार रु. १ अर्ब २५ करोड रहेको छ। योजनाको अवधि १० वर्ष रहनेछ।
योजनाका इकाइहरू २०८३ साल साउन २२ गते नेप्सेमा सूचीकृत भएका हुन् भने दोस्रो बजारमा कारोबार २०८३ साल साउन २५ गतेदेखि सुरु हुनेछ ।
रिलायबल समृद्धि योजना–२ ले व्यावसायिक कोष व्यवस्थापनमार्फत लगानीकर्तालाई दीर्घकालीन पुँजी वृद्धि तथा सन्तुलित प्रतिफल प्रदान गर्ने लक्ष्य राखेको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि