
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको बताएकी छिन् ।
प्रतिनिधिसभाको आजको बैठकको सांसदहरूले उठाएका प्रश्न र सवालबारे जवाफ दिँदै मन्त्री यादवले ग्यासको अभाव हुन नदिन आवश्यक सहजीकरण र बजार अनुगमनाई तीव्रता दिइएको बताएकी हुन् । उनले अफवाह र भ्रमको पछि नलागी आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न उपभोक्तालाई आग्रह गरिन् ।
अघिल्लो वर्षको आयातको तुलनामा नियमित माग धान्नसक्ने परिणाममै ग्यास आयात भए पनि बीचमा आधा सिलिण्डर दिइँदै आएकामा पूर्ण सिलिण्डर उपलब्ध गराउन थालिएपछि बजारमा माग र आपूर्तिको असन्तुलन भएको स्पष्ट गरिन् ।
मन्त्री यादवले हाल ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा रहेको जनाउँदै १० हजार १६६ मेट्रिकटन कुल भण्डारण क्षमता, एक करोड ७५ ग्यास सिलिण्डर दैनिक फिलिङ क्षमता रहेको जनाइन् । उनले संसदीय समितिको निर्देशन कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिइ अगुगमन अघि बढाइएको बताउँदै एलपी ग्यास सिलिण्डरको ट्राकिङका लागि नेपाल आयल निगमबाट आवश्यक प्राविधिक कार्य आरम्भ गरिएको बताइन् ।
मन्त्री यादवले माग बढेकाले तीन महिनाका लागि भारतबाट ग्यास आयतको कोटा थप्न कूटनीतिक माध्यमबाट पहल भइरहेको पनि स्पष्ट गरिन् । उनले घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न तथा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीलाई प्राथमिकता दिइएको बताइन् ।












समाचार
३२ औँ विश्व आदिवासी दिवस आइतबार, सबैलाई उपस्थितिका लागि शेर्पासंघको आग्रह
आइएमई लाइफले असारमा भुक्तानी गर्यो ७ करोड ६ लाख रुपैयाँ दाबी
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफल : प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
अजित मिजारका परिवारसँग मन्त्री बादीको भेट, न्यायका लागि समन्वय र पहल गर्ने प्रतिबद्धता
पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर
सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद
कैलाश हेलिकप्टरको ३९ करोड ४० लाखको कारोबार
राष्ट्रसेवक कर्मचारीको १० प्रतिशत प्रोत्साहन भत्ता भुक्तानी गर्न महालेखाको परिपत्र
राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने
धनुषामा हरियाली प्रवर्द्धन : ६६.५ हेक्टरमा वृक्षरोपण