
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले एस्टन भिल्लालाई २-१ ले पराजित गर्दै युइएफए सुपर कपको उपाधि लगातार दोस्रोपटक जितेको छ। रेड बुल एरिनामा बुधबार राति भएको फाइनलमा पिएसजीले २०औँ मिनेटमा ख्विचा क्वारात्स्खेलियाको गोलबाट अग्रता लियो। तर, पहिलो हाफको अन्तिम मिनेटमा एस्टन भिल्लाका १७ वर्षीय ब्रायन माड्जोले गोल गर्दै खेल बराबरीमा ल्याए।
पिएसजीका डिजिरे डुएले ६२औँ मिनेटमा निर्णायक गोल गरे। अफसाइडको सम्भावनालाई भीएआरमार्फत जाँच गरेपछि उनको गोलले मान्यता पाएको थियो।
योसँगै च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष जितेको उपाधि रक्षा गरेको छ। उसले गत वर्ष टोटनहम हटस्परलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पहिलोपटक सुपर कप जितेको थियो।
माड्जोका लागि भने सुपर कपको फाइनल विशेष रह्यो। मेट्जबाट जनवरीमा १ करोड पाउन्डमा भिल्ला गएको उनले फिफाको प्रतिबन्धका कारण ८ महिनासम्म प्रतिस्पर्धात्मक खेल खेल्न पाएका थिएनन्।
सिएएसले अगस्टको सुरुवातमा भिल्लाको अपिल स्वीकार गरेपछि उनले मैदानमा उत्रिने अवसर पाएका थिए। डेब्यु खेलमै गोल गरेका माड्जो सुपर कपमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडीसमेत बने।
पराजित भए पनि भिल्लाले खेलमा पिएसजीलाई दबाबमा राखेको थियो। उसका केही प्रहारलाई पिएसजीका गोलरक्षक माट्भे साफोनोभले उत्कृष्ट बचाउ गर्दै रोके। तर, यो हारसँगै भिल्लाका प्रशिक्षक उनाइ एमरीको सुपर कपको फाइनलमा उपाधि जित्ने प्रयास फेरि असफल भएको छ।













समाचार
Abiral Rai -representative of new crop of Nepali climbers -summits Kilimanjaro in Africa
किली पेम्बा शेर्पाको अन्तिम दाहसंस्कार भोलि शुक्रबार बिहान टेकुमा
थुलुङ राई समुदायका पहिलो IFMGA माउन्टेन गाइड तथा पहिलो सगरमाथा आरोही अबिरल राईद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमनजारो सफल आरोहण
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा
महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्ता
‘पर्यटन क्षेत्रलाई लगानीमैत्री बनाउन व्यवसायमैत्री पर्यटन ऐन आवश्यक’
निर्यातभन्दा आयात पाँचगुणा बढी
काठमाडौँ महानगरले गर्यो स्रोत शिक्षकसँग कार्यसम्पादन करार सम्झौता
रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै
बन्दीपुर अस्पतालमा एक वर्षमा २३ हजारले सेवा लिए