
कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा–१४ को विजयबस्तीबाट विजयपुर खोला तरी पोखरा-२६ सक्नेरीतर्फ आउने क्रममा भगवती हाइड्रोपावर नजिक नामथर र ठेगाना नखुलेका अन्दाजी १४/१५ वर्षका दुई जना बालकलाई दिउँसो खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा ८ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ । “हामी अहिले खोजी र उद्धारमा छौँ । समूहमा सँगै खोला तर्ने क्रममा दुई जनालाई बगाएको भन्ने प्रारम्भिक सूचना छ”, प्रहरी नायब उपरीक्षक पासवानले भने ।
घटनापछि इलाका प्रहरी कार्यालय शिशुवा, जिल्ला प्रहरी कार्यालयय र वडा प्रहरी कार्यालय रामबजारबाट गरी २१ जना प्रहरी खोजीमा खटिएका छन् । यसैगरी, सशस्त्र प्रहरी बेसक्याम्प कुँडहरबाट ९ जनाको खोताखोर सहितको टोलीसमेत परिचालित भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम