
काठमाडौं । इंग्लिस प्रिमियर लिग च्याम्पियन आर्सनलले कम्युनिटी शिल्डको उपाधि जितेको छ । गए राति भएको खेलमा म्यानचेस्टर सिटीलाई ३–० ले पराजित गर्दै आर्सनलले उपाधि जितेको हो ।
प्रिन्सिपालिटी स्टेडियममा आइतबार भएको खेलमा आर्सनलले सुरुआतमै अग्रता बनायो । खेल सुरु भएको २३ सेकेन्डमै माइल्स लुइस स्केलीको पासमा रिकार्डो कालाफिओरीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थएि । आर्सनलले २८औँ मिनेटमा अग्रता दोब्बर बनायो । काइ हाभट्र्जले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
दोस्रो हाफ सुरु भएको तीन मिनेटमै आर्सनलले तेस्रो गोल थप्यो । त्जोलिसको पासमा ओडेगार्डले सिटीको पेनाल्टी क्षेत्रमा बल पाए । उनले गोलरक्षक जियानलुइजी डोनारुम्मालाई छलाउँदै गोल गरे । एफए कप विजेता सिटीमाथिको जितसँगै आर्सनलले पछिल्लो चार महिनामा दोस्रो उपाधि जितेको हो । आर्सनलको यो समग्रमा १८ औँ कम्युनिटी शिल्ड उपाधिसमेत हो ।













समाचार
सोलुखुम्बुका शेर्पालाई कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारी
कुगेलेइनले एनपिएल तेस्रो सिजन पनि सुदूरपश्चिमबाटै खेल्ने
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासकाे मत
बासुकीमा नागपञ्चमी मेला : शिवमूर्तिमा प्राणप्रतिष्ठा
संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अर्याल
७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
मरुवा रोगका कारण ३५ प्रतिशतले घट्यो चैते धानको उत्पादन
गोसाइँकुण्ड मेला आउने तीर्थयात्री लक्षित शुल्क निर्धारण