
काठमाडौं । भारतका विकेटकिपर ब्याटर ऋषभ पन्त टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का प्रहार गर्ने खेलाडी बनेका छन् । २८ वर्षीय ब्याटर पन्तले घरेलु टोली श्रीलङ्कासँगको पहिलो टेस्टमा यो उपलब्धि हासिल गरेका हुन् । उनी टेस्ट क्रिकेटमा १०० छक्का प्रहार गर्ने पहिलो भारतीय खेलाडी पनि बनेका छन् ।
पन्तले टेस्ट क्रिकेटमा ८९ पारीमा ४ हजार ९१८ बलको सामना गर्दै १०० छक्का प्रहार गर्दै इतिहास रचेका हुन् ।
यसअघि यो कीर्तिमान इङ्ग्ल्यान्डका बेन स्टोक्सको नाममा थियो । उनले १५१ पारीमा ९ हजार ४२ बलको सामना गर्दै टेस्ट क्रिकेटमा १०० छक्का प्रहार गरेका थिए ।
टेस्ट क्रिकेटमा १०० छक्का पूरा गर्ने अरू २ जना खेलाडी अस्ट्रेलियाका एडम गिलक्रिस्ट र न्युजिल्यान्डका ब्रेन्डन म्याकलम रहेका छन् । टेस्ट क्रिकेटमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने कीर्तिमान भने बेन स्टोक्सकै नाममा छ । स्टोक्सले २२० पारीमा १३८ छक्का प्रहार गरेका छन् ।












समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने
कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
मजपोक–ताराखोला सडक स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
१० वर्षमा पनि बनेन मनाङमा पुल