
काठमाडौं । बिहीबार सेयर बजार परिसूचकमा सामान्य सुधार देखिएको छ । अघिल्ला दिनहरुमा लगातार रुपमा घटेको सेयर बजार आज भने सामान्य अंकले बढेर बन्द भएको हो ।
लगातारको गिरावटमा ब्रेक लागेर आज नेप्से परिसूचक ७.१७ अंकले बढेर २६२९.४० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३२ कम्पनीको सेयर मूल्य घटेको छ भने १३२ कम्पनीकै सेयर मूल्य बढेको छ । आज १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.८८ अंकले बढेर ४६२.८९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य घटेको छ भने ६ वटाको बढेको छ । परिसूचक बढेको दिन कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन ३ अर्ब माथिको कारोबार भएको बजारमा आज ४ अर्ब ४० करोड माथिको कारोबार भएको छ ।
आज सेयर बजारमा ३४५ कम्पनीका ९५ लाख ७६६ कित्ता सेयर ४७ हजार ९१९ पटक खरिद बिक्री हुँदा ४ अर्ब ४० करोड १४ लाख ९ हजार ८५८ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?