आर्सनलको दमदार सुरुवात

काठमाडौं । आर्सनलले प्रिमियर लिगको उपाधि रक्षा अभियानमा प्रभावशाली सुरुवात गरेको छ। नयाँ सिजनको पहिलो खेलमा आर्सनलले नवप्रवेशी कोभेन्ट्री सिटीलाई ३–० ले पराजित गर्यो।

एमिरेट्स स्टेडियममा आर्सनलले पहिलो हाफमै दुई गोल गर्दै खेलमा पकड बनायो। काइ हाभर्ट्जले १५औँ मिनेटमा रिकार्डो कालाफियोरीको क्रसलाई गोलमा परिणत गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। त्यसको ८ मिनेटपछि बुकायो साकाले आर्सनलको अग्रता दोब्बर बनाए। क्रिस्टोस जोलिसको क्रस नियन्त्रण गर्ने क्रममा कोभेन्ट्रीका गोलरक्षक कार्ल रशवर्थले बल साकाको खुट्टामा पुर्‍याएपछि इंग्ल्यान्डका फरवार्डले खाली पोस्टमा गोल गरे।

दोस्रो हाफ सुरु भएको ४ मिनेटमै कप्तान मार्टिन ओडेगार्डले आर्सनलका लागि तेस्रो गोल थपे। बेन ह्वाइटको पासमा उनले रशवर्थलाई बिट गर्दै गोल गरे। २५ वर्षपछि प्रिमियर लिगमा फर्किएको कोभेन्ट्रीका लागि साविक विजेता आर्सनलविरुद्धको खेल कठिन रह्यो। आर्सनलले गत सिजन २२ वर्षपछि लिग उपाधि जितेको थियो ।

फेसबुक प्रतिक्रिया