
काठमाडौं । यो साता पनि सेयर बजारमा घटेर नै बन्द भयो । पछिल्ला दिनहरुमा लगातार रुपमा घटिरहेको बजार यो साता करिब १ प्रतिशतले घटेको हो ।
गत साता २६४३.८३ विन्दुमा बन्द भएको नेप्से, यो साता ०.९५ प्रतिशत अर्थात २५.११ अंक घटेर २६१८.७२ विन्दुमा बन्द भएको छ । यो साताका पाँच कारोबार दिनमध्ये सेयर बजार ४ कारोबार दिन घट्यो भने एक दिन मात्रै सामान्य बढेको थियो । यो साता फ्लोट इण्डेक्स ३.३७ अंक घटेको छ भने सेन्सेटिभ इण्डेक्स २.०० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२१ अंक घटेको छ।
नेप्से घटेपनि यो साता कारोबार रकम भने बढेको छ । गत साता दैनिक औषतमा ३ अर्ब ८६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यो साता दैनिक औषतमा ४ अर्ब ४९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १६.३० प्रतिशत बढेको छ । त्यस्तै, यो साता दैनिक औषत सेयर संख्या १४.१९ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या पनि १०.०८ प्रतिशत बढेको छ ।
यो साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब १ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ४७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ४३ अर्ब रुपैयाँ घटेर ४५ खर्ब ४ अर्ब रुपैयाँमा सीमित भएको छ । यो साता १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । यस साता व्यापार उपसमूहको परिसूचक ०.४१ प्रतिशत बढेको छ। गत साता ३२३९.८६ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता १३.२९ अंक बढेर ३२५३.१५ विन्दुमा पुगेको छ । त्यस्तै, यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.११ प्रतिशत बढेको छ ।
यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशत घटेको छ। गत साता २३७४.८९ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ५६.२१ अंक घटेर २३१८.६८ विन्दुमा झरेको छ । अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक घटेको हो । गत साता ११ हजार ८०३.८३ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता २१०.४१ अंक घटेर ११ हजार ५९३.४२ विन्दुमा झरेको छ ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
एक सातामा १५ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?