
काठमाडौं । जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन चितवन राइनोजबाट खेल्ने भएका छन् । चितवन राइनोजले आउँदो सिजनका लागि राजालाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको जनाएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेटसँगै विश्वका विभिन्न फ्रेन्चाइज टी–ट्वान्टी प्रतियोगितामा अनुभव हासिल गरेका राजाको आगमनले टोली थप बलियो हुने उसको अपेक्षा छ । ब्याटिङ र बलिङ दुवैमा प्रभाव पार्न सक्ने सिकन्दर राजा जिम्बाब्वे क्रिकेटका महत्वपूर्ण खेलाडीमध्ये एक हुन् ।
उनले जिम्बाब्वेको राष्ट्रिय टोलीबाट एकदिवसीय, टी–ट्वान्टी अन्तर्राष्ट्रिय तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा लामो समयदेखि प्रतिनिधित्व गर्दै आएका छन् । प्रतियोगितामा चितवन राइनोजसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता आउँदो कात्तिक ९ देखि मंसिर ५ गतेसम्म चल्नेछ ।
फेसबुक प्रतिक्रिया












समाचार
ठेकेदारको लापरबाहीले तीन महिनादेखि, दुई सय परिवार खानेपानीबाट वञ्चित
एभर्टनको विजयी सुरुवात
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
एस्पीको निर्णायक गोलमा रियलको विजयी सुरुवात
बङ्गालको खाडीमा २४ जना सवार मालवाहक जहाज डुब्यो
म्यानचेस्टर युनाइटेड हलसँग पराजित
प्रभु महालक्ष्मी लाइफको १३ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने
साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज
गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता
बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ पर्व