
काठमाडौं । अमेरिकासँगको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अमेरिकालाई जितका लागि १७१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिलो ब्याट्रिङ गरेको नेपालले निर्धारीत ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको हो ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ९२ रनको अविजित पारी खेले । त्यस्तै अनिल साहले २५ रनको योगदान दिए । गुल्सन झाले १९ र कप्तान रोहित पौडेलले १८ रनको योगदान दिए ।
तीन खेलको टी–२० शृङ्खलामा नेपाल १–० ले अघि छ । अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । आजको खेलमा जित निकाल्न सकेको खण्डमा नेपाल एक खेल अगावै सिरिज समेत जित्ने छ । नेपालले टी–२० शृङ्खलाको तेस्रो तथा अन्तिम खेल पर्सि सोमवार खेल्ने छ ।
यो टी–२० सिरिजपछि नेपालले अमेरिकामै आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिका र स्कटल्यान्डसँग त्रिदेशीय एकदिवसीय सिरिज खेल्ने छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह