
काठमाडौं । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । मुस्लिम समुदायका सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो । पछि साउदी अरबको मदिनामा गएका थिए ।
उनी जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) सुरु भयो । अहिले हिजरी संवत् १४४८ चलिरहेको छ । जगत्काे सृष्टिदेखि नै पवित्र स्थलका रूपमा रहेको मक्का–मदिनामा पहिले सबै धर्मावलम्बीले पूजाआराधना गर्ने तीर्थस्थल थिए ।
मोहम्मदले उपदेश दिने क्रममा यहीँ कुरान अवतरित भएको विश्वास मुस्लिम समुदायको छ । कुरान अवतरित भएपछि यहाँ अरू धर्मावलम्बी कम भए । अनि इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थलका रूपमा मान्न थालियो ।
यसअघि जेरुसेलमलाई इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थल मानिन्थ्यो । यसैकारण इस्लाम धर्मावलम्बी जीवनमा एकपटक मक्का–मदिनामा गएर हज गर्न चाहन्छन् । इस्लाम धर्ममा महत्त्वपूर्ण योगदान गरेकाले उनको उपदेशलाई स्मरण गरिन्छ । यस अवसरमा बुधबार र्याली, सभालगायत कार्यक्रम गरिँदै छ । नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायत स्थानमा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ ।












समाचार
हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ, भारतीय र चीनिया बिस्थापित हुंदै
फर्नान्डेसलाई पिएफए वर्षको उत्कृष्ट खेलाडीको अवार्ड
जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र
विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति
लाभांश प्रस्ताव पारित गर्न सुपर मादी हाइड्रोपावरको साधारणसभा आह्वान
सौर्य कृषि कम्पनीको वार्षिक साधारणसभा आह्वान, आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने
के.वि. एल. सेक्यूरिटिजको साधारणसभा असोज २ गते, के-के छन् एजेण्डा ?
आँखुखोला जलविद्युतको सेयर रजिष्ट्रामा प्रभु क्यापिटल