
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र पारिएको छ । विपद्मा परेका नागरिकको रक्षाका लागि हाल १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरिएको राष्ट्रिय विपद् न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार बाढीग्रस्त क्षेत्रमा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन नेपाल प्रहरीका सात हजार २५०, नेपाली सेनाका चार हजार २०० र सशस्त्र प्रहरी बल नेपालका एक हजार ८४५ जना सुरक्षाकर्मी प्रत्यक्ष रूपमा खटिएका छन् ।
सडक सञ्जाल अवरुद्ध भएका कारण उद्धार टोलीहरूले हवाई र पैदल दुवै मार्गबाट उद्धार कार्य अघि बढाएका छन् । स्थलगत पहुँच कठिन भएका स्थानहरूमा हवाई मार्गबाट द्रुत उद्धार गरिएको छ । नेपाली सेना र निजी हवाई कम्पनीका हेलिकप्टरहरूले ६९ पटक उडान भरेर जोखिमपूर्ण स्थितिमा थुनिएका ३५१ जना नागरिकलाई सुरक्षित स्थानमा पुर्याएका छन् ।
प्रतिकूल मौसम र नदीको तीव्र बहावका बाबजुद सुरक्षाकर्मीले आफ्नै ज्यान जोखिममा राखेर निरन्तर उद्धार गरिरहेका छन् । स्थानीय प्रशासन र सुरक्षा निकायले बाँकी क्षेत्रमा पनि खोजी र राहत वितरणको कार्यलाई अझ बलियो र विस्तृत बनाउँदै लगेको जनाइएको छ ।












समाचार
श्रीलंका र भारतसँगको दोस्रो टेस्टमा बराबरी
एनआईसी एशिया बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा २ करोड २१ लाख सहयोग प्रदान
सानिमा बैंकको लाभांश घोषणा, सेयर धनीले कति पाउँछन बोनस र नगद ?
बाढीपीडितका लागि बीवाईडी र साइमेक्सले ७ करोड रुपैयाँ सहयोग गर्ने
इप्पानले ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने
एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
आइएमई लाइफ इन्स्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग गर्ने
MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि रु. ७० लाख सहयोग गर्ने
भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त
भोटेकोशी बाढीबाट भएको क्षतिप्रति सिबिफिनद्वारा दुःख व्यक्त, प्रभावितलाई बैंकिङ सहजीकरण गर्ने प्रतिबद्धता