रसुवा बाढी : ५५३ शव फेला, १ हजार ४७३ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा बुधबार आएको बाढीपछि हालसम्म ५५३ जनाको शव फेला परेको छ भने १ हजार ४७३ जनाको उद्धार गरिएको छ। नेपाल प्रहरीले दिएको शुक्रबार साँझ ५ बजेसम्मको विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा ४ हजार ४८९ जना प्रहरी परिचालन गरिएको छ।

प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १३, धादिङमा ४०, गोरखामा ४७, नुवाकोटमा ३८, चितवनमा २२२, तनहुँमा ३१, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जना रहेका छन्।

त्यस्तै, रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट ३ जनाको उद्धार गरिएको छ। काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेको संख्या ८७ जना रहेको प्रहरीले जनाएको छ। बाढीका कारण हालसम्म १७ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन्। तीमध्ये एक जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर