
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको खुद नाफा घटेको छ । गत आवमा बैंकले २ अर्ब ७४ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छ । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ३६.५९ प्रतिशतले कम हो । बैंकले अघिल्लो आवमा ४ अर्ब ३३ करोड २२ लाख रुपैयाँको तुलना नाफा कमाएको थियो ।
कर्जा नोक्सानी व्यवस्था (इम्पेयरिमेन्ट चार्ज) मा भएको उल्लेख्य बढोत्तरीका कारण बैंकको नाफा घटेको छ । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार निष्क्रिय कर्जाको जोखिम न्यूनीकरण वापत बैंकले यस्तो रकम छुट्याउनु पर्छ । गत आवमा बैंकको कर्जा लगानी पनि घटेको छ । गत आवमा बैंकले ६ अर्ब १९ करोड ३१ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ । जुन अघिल्लो वर्षको ४ अर्ब ३७ करोड ५३ लाख रुपैयाँ तुलनामा ४१.५५ प्रतिशतले बढी हो ।
असार २०८३ सम्म बैंकको कुल निष्क्रिय कर्जा अनुपात ६.३५ प्रतिशतबाट बढेर ८.६६ प्रतिशत पुगेको छ । प्रोभिजनिङ काराण् खुद नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि अघिल्लो वर्षको १२.६९ रुपैयाँबाट घटेर ८.०५ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष ३ खर्ब २३ अर्ब १७ करोड रुपैयाँ रहेको कर्जा प्रवाह गत आवमा विस्तार हुन नसक्दा ०.५७ प्रतिशतको घटेर ३ खर्ब २१ अर्ब ३४ करोड कायम भएको छ । जसको कारण बैंकको कर्जा–निक्षेप अनुपात ६८.१७ प्रतिशतमा झरेको छ ।
बैंकको निक्षेप संकलनमा सुधार देखिएको छ । अघिल्लो असारमा ४ खर्ब ७२ अर्ब ३४ करोड रुपैयाँ रहेको कुल निक्षेप ११.४९ प्रतिशतले बढेर ५ खर्ब २६ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । ब्याजदर अन्तर (स्प्रेड दर) मा आएको गिरावटका कारण बैंकको खुद ब्याज आम्दानी ८.५५ प्रतिशतले घटेर १२ अर्ब ९८ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्ष १४ अर्ब २० करोड २६ लाख रुपैयाँ थियो ।
खुद फि तथा कमिसन आम्दानी १.४३ प्रतिशतको सामान्य वृद्धि सहित २ अर्ब २३ करोड ४७ लाख रुपैयाँ पुगेको छ । बैंकले ट्रेडिङ र अन्य सञ्चालन आम्दानीतर्फ राम्रो सुधार गरेको छ । ट्रेडिङ र अन्य आम्दानी ४२.७२ प्रतिशतले बढेर १ अर्ब ७७ करोड ९१ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष १ अर्ब २४ करोड ६६ लाख रुपैयाँ थियो ।
बैंकको कुल वितरणयोग्य नाफा ५ अर्ब ८ करोड ७५ लाख रुपैयाँ ऋणात्मक (नोक्सानी) रहेको छ । यस अनुसार आर्थिक वर्ष २०८२/८३ को नतिजाबाट बैंकका सेयरधनीहरूले कुनै पनि लाभांश पाउने क्षमता देखिँदैन । बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख मा स्थिर छ । जगेडा तथा अन्य कोष भने १५.३८ प्रतिशतले बढेर ३८ अर्ब ४३ करोड ३४ लाख पुगेको छ ।
नाफा घटे पनि जगेडा कोष बढेकाले प्रतिसेयर नेटवर्थ १९०.४० रुपैयाँबाट बढेर १९७.७१ रुपैयाँ पुगेको छ । बैंकको आधार दर ५.८३ प्रतिशतबाट ओर्लिएर ४.५३ प्रतिशत मा झरेको छ । ब्याजदर अन्तर (स्प्रेड दर) अघिल्लो वर्षको ३.०१ प्रतिशतबाट बढेर ३.१५ प्रतिशत कायम भएको छ ।













समाचार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
विश्व अण्डा दिवस : नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ अण्डा खपत हुँदै
चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल
भेडाच्याङ्ग्रा बिक्री गर्न एक महिना बढी पैदल यात्रा, किसानलाई बजारकै चिन्ता
साता दिनमा झिनो अंकले बढ्यो नेप्से, औषत कारोबार औषतमा ३ अर्बमा सिमित
साता दिनमा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
यस्तो छ शनिबारको मौसम
शनिबारको विनिमयदर : कुन देशको सटहीदर कति ?
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण