
भक्तपुर । भक्तपुर नगरपालिकाले विदेशी पर्यटकबाट प्रवेश शुल्क उठाउन थालेको ३२ वर्ष पूरा भएको छ । आर्थिक वर्ष २०५०/५१ देखि सुरु भएको शुल्क प्रणालीअन्तर्गत हालसम्म ५२ लाख ६५ हजार २६४ विदेशी पर्यटकले भक्तपुर भ्रमण गरेका छन् ।
नगरपालिकाले सुरुमा गैरसार्क मुलुकका पर्यटकसँग मात्रै शुल्क उठाएको थियो । चीनसहित सार्क मुलुकका पर्यटकसँग भने २०५४ सालदेखि शुल्क लिन थालिएको हो । हालसम्म ३४ लाख २८ हजार ४६ गैरसार्क र १८ लाख ३७ हजार २१८ चीनसहित सार्क मुलुकका पर्यटक भक्तपुर आएका छन् ।
कोरोना महामारीका कारण आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा कम तीन हजार ११२ पर्यटकले मात्रै भक्तपुर भ्रमण गरेका थिए । ३२ वर्षको अवधिमा सबैभन्दा धेरै पर्यटक आव २०७०/७१ मा आएका थिए । उक्त वर्ष दुई लाख ९० हजार ८९१ विदेशी पर्यटकले भक्तपुर भ्रमण गरेका थिए ।
पछिल्लो आव २०८२/८३ मा दुई लाख २१ हजार ९७६ विदेशी पर्यटक भक्तपुर आएका थिए । गत आवमा सबैभन्दा धेरै भारतीय पर्यटक आएका थिए । ७० हजार ७११ भारतीय र ३६ हजार ७८३ चिनियाँ पर्यटकले भक्तपुर भ्रमण गरेका थिए ।
नगरपालिकाले हाल गैरसार्क मुलुकका पर्यटकसँग प्रतिव्यक्ति दुई हजार र चीनसहित सार्क मुलुकका पर्यटकसँग ५०० रुपैयाँ प्रवेश शुल्क लिँदै आएको छ । नगर प्रवेशका १४ स्थानमा शुल्क सङ्कलन केन्द्र सञ्चालनमा छन् । पर्यटक शुल्क नगरपालिकाको प्रमुख आन्तरिक स्रोतका रूपमा रहेको छ । नगरपालिकाका अनुसार शुल्कबाट सम्पदा संरक्षण, सरसफाइ, शिक्षा, स्वास्थ्य तथा पर्यटक लक्षित पूर्वाधारमा खर्च हुँदै आएको छ ।
नगरपालिकाले पर्यटकका लागि छ भाषामा पर्यटन ब्रोसर, सूचना केन्द्र, निःशुल्क इन्टरनेट, ह्विलचेयर, लगेज राख्ने तथा मोबाइल चार्ज गर्ने सुविधासमेत उपलब्ध गराउँदै आएको छ । विदेशी पर्यटकको तुलनामा आन्तरिक पर्यटक करिब पाँच गुणा बढी भक्तपुर आउने अनुमान नगरपालिकाको छ ।










समाचार
निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण अझ सकारात्मक र सहकार्यमा आधारित हुनुपर्छ : अध्यक्ष श्रेष्ठ
रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा
सुरुङभित्र उद्धार गर्न स्विट्जरल्यान्डद्वारा नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण
नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
चन्डिका श्रेष्ठको उद्धार हामी अझै डटेर लागिरहेका छौं भन्ने सन्देश हो : प्रधानमन्त्री
१७ सयको मासुको तुलनामा ग्यास महगो होइन : प्रमुख साह
तराईकै उद्योगमा भरेर काठमाडौं भित्र्याइँदैछ ग्यास सिलिन्डर
बाढीले पुरिएको घरबाट ११ दिन पछि नुवाकोटमा महिलाको जीवितै उद्धार
ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति, ‘२५ लाख सहयोग गरेर साढे ११ करोड असुलियो’
भोटेकोशी बाढी : एक हजार ३० शवको सुरक्षित व्यवस्थापन