
नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको बहावपछि नुवाकोटको चार स्थानका बस्ती उच्च जोखिममा परेका छन् । त्रिशूली नदीको बहाव परिवर्तनसहित पटक–पटक आएको बाढीले जग्गा कटान गर्न थालेपछि ती वस्ती जोखिममा परेका हुन् ।
जिल्लाको पश्चिमतर्फ रहेको तारकेश्वर गाउँपालिका–४ को दर्शनटार क्षेत्रको बस्ती सबैभन्दा बढी प्रभावित भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार १०० भन्दा बढी घरधुरी बसोबास गर्दै आएको दर्शनटारसहित आसपासका बस्ती जोखिममा परको हो ।
हालैको बाढीबाट विदुर नगरपालिका–१ को बान्द्रे, वडा नं ४ स्थित बसपार्क, बेलकोटगढी नगरपालिका–७ स्थित छब्बिसेको बस्ती र सार्वजनिक भौतिक संरचनामा क्षति पुगेको नुवाकोट जिल्ला प्रशासनले जनाएको छ । नदीको कटान निरन्तर भइरहेका स्थानका बस्ती तत्कालै खाली गरेर उनीहरुलाई सुरक्षित स्थानमा स्थान्तरणको लागि सम्बन्धित पालिकालाई ध्यानाकर्षण गराएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रजिअ रेग्मीले जानकारी दिए ।
नदीले कटानको बस्तीसहित उक्त स्थानमा रहेका सामुदायिक तथा सार्वजनिक संरचनामा समेत क्षति पुगेको छ । बेलकोटगढी–७ को छब्बिसेमा बस्तीसहित गल्छी–रसुवागढी सडक योजनाअन्तर्गतको गल्छी–देवीघाट सडक खण्डलाई क्षति पुर्याएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भदौ १० को बाढीबाट बचेको संरचनालाई समेत निरन्तर नदी कटानका कारण प्रभावित तुल्याएको छ । अहिले गल्छी–देवीघाट सडकखण्डमा यातायात सञ्चालनमा रोक लगाइएको छ ।
नदीको कटानले स्थानीय बसपार्कसहित नेपाल विद्युत् प्राधिकरणले उक्त स्थानमा निर्माण गरेको ‘चार्जिङ स्टेशन’, विदुर नगरपालिकाले निर्माण गरेको कोसेली घरसहितको संरचना पनि जोखिममा परेको छ । यसैबिच, भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको भीषण बाढीले जग्गा कटान गरेको, भवनसहितका भौतिक संरचना ध्वस्त बनाएको अवस्थामा बाढीबाट प्रभावित बासिन्दालाई सुरक्षित स्थानमा स्थान्तरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले सरकारको ध्यानाकर्षण गरेको छ ।












समाचार
निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण अझ सकारात्मक र सहकार्यमा आधारित हुनुपर्छ : अध्यक्ष श्रेष्ठ
सुरुङभित्र उद्धार गर्न स्विट्जरल्यान्डद्वारा नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण
भक्तपुरमा ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी पर्यटक
नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
चन्डिका श्रेष्ठको उद्धार हामी अझै डटेर लागिरहेका छौं भन्ने सन्देश हो : प्रधानमन्त्री
१७ सयको मासुको तुलनामा ग्यास महगो होइन : प्रमुख साह
तराईकै उद्योगमा भरेर काठमाडौं भित्र्याइँदैछ ग्यास सिलिन्डर
बाढीले पुरिएको घरबाट ११ दिन पछि नुवाकोटमा महिलाको जीवितै उद्धार
ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति, ‘२५ लाख सहयोग गरेर साढे ११ करोड असुलियो’
भोटेकोशी बाढी : एक हजार ३० शवको सुरक्षित व्यवस्थापन