
कास्की । गण्डकी प्रदेशको कास्की, स्याङ्जा, पवर्त, म्याग्दी, मुस्ताङ र मनाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ । बाँकी पाँच जिल्ला घोषणाको तयारीमा रहेको प्रादेशिक जनस्वास्थ्य केन्द्रले जनाएको छ । बिहीबार कास्कीलाई घोषणा गरिएसँगै यस वर्ष पूर्ण खोप सुनिश्चित भएका जिल्लाको सङ्ख्या छ पुगेको हो ।
आगामी शनिबार बागलुङ, आइतबार लमजुङ, सोमबार गोरखा र तनहुँलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गनिने केन्द्रका खोप अधिकृत एकनारायण लम्सालले बताए । नवलपुरलाई यही असार मसान्तभित्र घोषणा गर्ने गरी तयारी भइरहेको उनको भनाइ छ । जन्मेदेखि २३ महिनाभित्रका बालबालिकाले आवश्यक सबै खोप पाएपछि पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गर्ने गरिएको छ ।
पहिलोपटक विसं २०७५ मा गण्डकी प्रदेश नै पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा भएपनि त्यसयता बर्सेनि हरेक स्थानीय तह, जिल्ला र प्रदेशलाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गर्ने गरिएको खोप अधिकृत लम्सालले बताए ।
“जन्मेदेखि २३ महिना उमेर समूहका बालबालिकाले १३ प्रकारका रोगविरुद्ध लगाइने सम्पूर्ण खोप पाएपछि पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गर्ने गरिएको छ”, उनले भने, “कोही पनि बालबालिका खोप पाउनबाट बञ्चित हुनु नपरोस् भनेर यो अभियान सञ्चालन हुने गर्छ ।” घोषणासँगै यसको दिगोपनाका लागि वैशाख महिनालाई खोप महिनाका रुपमा घोषणा गरी ‘खोज र खोप’ अभियान सञ्चालन गर्ने गरिएको छ ।
खोप कार्यक्रमलाई तीनै तहका सरकारले प्राथमिकता दिँदै आएका छन् । माृत तथ नवशिशु मृत्युदर घटाउन पूर्ण खोप अभियानले सहयोग पु¥याइरहेको खोप अधिकृत लम्सालले बताए । प्रदेशका झण्डै २५ हजार बालबालिकालाई नियमित खोपको दायरामा ल्याइएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सबै जिल्ला घोषणा भएपछि गण्डकीलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्ने तयारी छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम