
मकवानपुर । मनहरि गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरिबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले २३ गते राति करिब २:४५ बजे भाबरस्थित भित्री सडकखण्डमा चेकजाँचका क्रममा गाँजा बरामद गरेको हो ।
भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बा.प्र.०१–०२५ च ०८७७ नम्बरको कार र ग २ च ६१५ नम्बरको पिकअप गाडीलाई प्रहरीले चेकजाँचका लागि रोक्न खोज्दा पिकअप गाडी भाग्न खोजेको अवस्थामा नियन्त्रणमा लिएको थियो । त्यसपछि कारभित्रको सिटमा प्लास्टिकले बेरेर लुकाई छिपाइ राखिएको अवस्थामा १३ पोकामा रहेको १६२ किलो ७९४ ग्राम गाँजा बरामद भएको छ ।
कार चालक चितवनको माडी नगरपालिका-५ धोबाहा बस्ने ५६ वर्षीय देव नारायण महतो र पिकअप चालक भरतपुर महानगरपालिका-२४ बस्ने ४८ वर्षीय टेकबहादुर दोङलाई नियन्त्रणमा लिएको छ ।
अनुसन्धानका क्रममा पिकअप गाडीका चालकले स्कर्टिङ गर्दै कारलाई अगाडि ल्याएको खुलेको छ । गाँजा, दुवै चालक र दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मनहरिमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।












समाचार
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र
बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
भेडागोठमा लालवीरका सात दशक
माण्डु हाइड्रोपावरको सेयरको लकइन अवधि असोजमा सकिँदै