
काठमाडौं । नुवाकोटको विदुरस्थित देवीघाटमा रहेको तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र पारिएको छ। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले यहाँको पक्की पुल बगाएपछि ठप्प बनेको यातायात सेवालाई पुनः सञ्चालनमा ल्याउन नयाँ पुल जडान सुरु गरिएको हो।
साविककै पक्की पुलको दुवै छेउका टेका प्रयोग गरी नयाँ फलामे पुल निर्माण भइरहेको छ। तीन दिनअघिदेखि सुरु भएको पुल जडानको काम भोलिसम्ममा पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
यस पुल निर्माणका लागि आवश्यक सम्पूर्ण प्राविधिक तथा भौतिक सामग्री नेपाली सेनाले नै जुटाएको हो। पुलको निर्माण तथा जडान कार्य पनि नेपाली सेनाकै दक्ष प्राविधिक टोलीले गरिरहेको छ।
स्थानीय यातायात र जनजीवनलाई यथाशीघ्र सहज बनाउने उद्देश्यका साथ सेनाले निरन्तर काम गरिरहेको छ। भोलि जडान कार्य सकिएलगत्तै प्राविधिक परीक्षण गरी उक्त मार्गमा सवारी साधन सञ्चालनका लागि बाटो खुला गरिनेछ।












समाचार
च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज
विस्फोटक पदार्थसहित एक जना पक्राउ
दैलेखको भम्लु खोलामा सुख्खा पहिरो, कर्णाली राजमार्ग अवरुद्ध
बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन
मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
देशभर मनसुन सक्रिय, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध कुल मौज्दात करिब १२अर्ब