
काठमाडौं । विश्वव्यापी रूपमा ऊर्जा तथा ढुवानी लागत बढेको र आन्तरिक परिष्करण क्षमतामा कमी आएको भन्दै सिरियाले आइतबार इन्धन तथा खाना पकाउने ग्यासको मूल्य अस्थायी रूपमा वृद्धि गरेको छ।
पेट्रोलियम पदार्थ तथा खनिज स्रोतको मूल्य निर्धारणसम्बन्धी स्थायी समितिले जारी गरेको नयाँ मूल्यसूचीअनुसार, ९५–अक्टेन पेट्रोलको मूल्य प्रतिलिटर १५२ सिरियन पाउन्डबाट बढाएर १९५ पाउन्ड पुर्याइएकाे छ । यो २८ दशमलव तीन प्रतिशतको वृद्धि हो।
खाना पकाउने ग्यासको मूल्य पनि बढाइएको छ। घरायसी प्रयोजनको ग्यास सिलिन्डरको मूल्य एक हजार ४७० बाट एक हजार ६०० पाउन्ड पुगेको छ, जुन आठ दशमलव आठ प्रतिशत वृद्धि हो।
ऊर्जा मन्त्रालयले मूल्य वृद्धि अस्थायी रहेको जनाएको छ। मन्त्रालयका अनुसार अन्तरराष्ट्रिय बजारबाट पेट्रोलियम पदार्थ खरिद गर्दा लागत असामान्य रूपमा बढ्नुका साथै देशको प्रमुख इन्धन आपूर्तिकर्तामध्ये एक ‘बानियास रिफाइनरी’मा भइरहेको व्यापक मर्मतसम्भारका कारण मूल्य समायोजन गर्नुपरेको हो।
यो मूल्य वृद्धि सेप्टेम्बर ४ को समायोजनको एक साताभन्दा केही समयपछि आएको हो। त्यसबेला पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर पाँच पाउन्डले बढाइएको थियो भने घरायसी तथा औद्योगिक ग्यासको मूल्य यथावत् राखिएको थियो।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम