१४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई केन्द्रीय समितिमा समेट्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचितहरूले सोही हैसियत पाउने भएका छन् ।  आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको  बैठकले विशेष महाधिवेशनमा सहभागी नभएका तर १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई सोही हैसियत दिने निर्णय गरेको हो ।

विशेष महाधिवेशनपछि केन्द्रीय कार्यसमितिबाहिर रहेका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले अहिले फेरि केन्द्रीय सदस्यको हैसियत पाउने प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट