
चितवन । सडक भास्सिएर काठमाडौँसँग सडक सञ्जाल नै टुटेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरिएपछि राजमार्ग पूर्ण रूपमा दुईतर्फ नै सञ्चालनमा आएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आज असोज १ गते बिहीबार बिहान ६ बजेदेखि सवारी साधनहरू दुवैतर्फ सञ्चालन हुन थालेका हुन्।
भदौ १० र १४ गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीका कारण कृष्णभीर क्षेत्रमा सडक धसिएर यातायात आवागमन पूर्ण रूपमा ठप्प बनेको थियो। सडक डिभिजन कार्यालयले यस स्थानमा नयाँ ट्र्याक खोलेर सडक सञ्चालनमा ल्याइएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतम द्वारा जारी सूचनामा उल्लेख छ।
राजमार्ग सञ्चालनमा आए पनि अझै विभिन्न स्थानहरूमा सडक भासिने, पहिरो जाने, ढुंगा–माटो खस्ने जस्ता जोखिमपूर्ण अवस्था कायमै रहेकाले चालक तथा यात्रुहरूलाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। विशेष गरी वर्षा भइरहेको समयमा वा सडकमा अवरोध देखिएमा जोखिम मोलेर यात्रा नगर्न, सडक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीको निर्देश पालना गर्न तथा आधिकारिक सूचनाका आधारमा मात्रै यात्रा तय गर्न अनुरोध गरिएको छ।











समाचार
१३ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउँदै ईयू, के हुन् प्रस्तावित नयाँ नियम?
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
आज विश्वकर्मा पूजा, सवारीसाधनको पूजाआजा गरी मनाइदै
एभरेष्ट बैंकको सेयरमूल्य समायोजन
मनसुनी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
डलरको मूल्य स्थिर, युरोको बढ्दा पाउण्डको घट्यो, कुन देशको विनिमयदर कति ?
चामे–बेँसीसहर सडक अवरुद्ध
बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग
उपत्यकाका १००० भन्दा बढी पसलमा ११० रुपैयाँ किलोमा चिनी सर्वसुलभ रूपमा पाइने सरकारको दाबी
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय