
काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विशेष डाटा अफर ल्याएको छ। टेलिकमले ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्रो’ गरी दुई प्रकारका डाटा प्याकेज सार्वजनिक गरेको हो।
टेलिकमका अनुसार ४९९ रुपैयाँमा ‘अनलिमिटेड लाइट ४९९’ प्याकेज लिन सकिनेछ। करसहितको यो प्याकेजमा ३० दिनसम्म दैनिक ५ जीबी डाटा उपलब्ध हुनेछ। दैनिक ५ जीबीको सीमा पूरा भएपछि पनि बाँकी समय २ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ।
त्यस्तै, बढी डाटा प्रयोग गर्ने ग्राहकका लागि ६९९ रुपैयाँमा ‘अनलिमिटेड प्रो ६९९’ प्याकेज उपलब्ध हुनेछ। यसमा ३० दिनसम्म दैनिक १० जीबी डाटा प्राप्त हुनेछ। दैनिक १० जीबीको सीमा पूरा भएपछि बाँकी समय ३ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि भने प्याकेजमा रेन्टल शुल्कसमेत समावेश गरिएको छ। नेपाल टेलिकमका अनुसार संविधान दिवस अफर असोज २ देखि असोज ४ गतेसम्म तीन दिन मात्र उपलब्ध हुनेछ। ग्राहकले मोबाइलबाट सम्बन्धित सेवा कोड डायल गरेर वा नेपाल टेलिकम एपमार्फत अफर लिन सक्नेछन्। टेलिकमले संविधान दिवसको अवसरमा ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले यो अफर ल्याएको जनाएको छ।












समाचार
धितोपत्र बोर्डद्वारा ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा तयार
माघमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आयोजना हुने, ईभी र्याली र आयोजना स्थल भ्रमण गराइने
एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित
कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन
भोटेकोशी बाढीः ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
२२.५ मेगावाटको जाल्दीगाड आयोजनामा ४ अर्ब ६० करोड लगानी जुट्यो
मधेस, सहकारी मन्त्रालय, काठमाडौँ महानगर र शिक्षा क्षेत्रमा सबैभन्दा धेरै उजुरी : अख्तियार
दुवै महाधिवेशन रोकौं, मध्यमार्गी बाटो खोजौं : शेखर कोइराला