
काठमाडौं । जापानमा आयोजित बीसौँ संस्करणको एसियाली खेलकुदमा सहभागी हुने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आज एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई राखेपका सदस्य सचिव रामचरित्र मेहता, नेपाल क्रिकेट सङ्घ (क्यान) सचिव पारस खड्कालगायतले बिदाइ गरेका हुन्।
बिदाइ समारोहमा राखेपका सदस्य सचिव मेहताले टोलीलाई शुभकामना दिए। प्रतियोगितामा टोलीले राम्रो प्रदर्शन गर्ने उल्लेख गर्दै पदकको आशा राखेको बताए । नेपालले प्रतियोगिताको समूह चरणमा आगामी शुक्रबार अफगानिस्तान र आज जापानविरुद्ध खेल्ने तालिका छ । नेपाली क्रिकेट टोलीले चौथोपटक एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपालले क्रिकेटतर्फ हालसम्म एसियाली खेलकुदमा क्वार्टरफाइनलसम्मको यात्रा गरेको छ । यसपालि प्रतियोगितामा स्वर्णपदक जित्ने लक्ष्य रोखेको टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले बताए । एसियाली खेलकुदका लागि नेपालको टोलीमा दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, गुलशनकुमार झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललितनारायण राजवंशी र शेर मल्ल रहेका छन् ।












समाचार
संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भारत र बंगलादेशमा साढे ५६ करोड युनिट बिक्री
भारतीय उद्योगपतिलाई नेपालमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह
भारतद्वारा नेपाललाई १३० टनभन्दा बढी सहायता सामग्री हस्तान्तरण
प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
त्रिशूली-१ जलविद्युत् आयोजनामा बेपत्ता ११ जनाको शव फेला
‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका दुई नेपाली ग्राहकको सम्मान
विपद्पछिको पुनर्निर्माणमा सार्वजनिक–निजी साझेदारी र एकीकृत आवास विकासमा जोड
धितोपत्र बोर्डबाट राष्ट्रिय वाणिज्य बैंकले पायो रु. ३ अर्बको ऋणपत्र निष्कासन गर्ने अनुमति