
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको समूह चरणका खेल सकिएका छन् । आइतबार कर्णाली याक्स र जनकपुर बोल्ट्स बीचको खेल सकिदा समूह चरणका सबै खेल सकिएका हुन् ।
समूह चरणका खेल सकिदा २ सतक र ३५ अर्धशतक बनेका छन् । २९ खेलाडीले ३५ वटा अर्धशतक बनाए भने दुई खेलाडीले सतक बनाए । अब मंगलबारदेखि प्लेअफका खेल सुरु हुने छ । आइतबार जनकपुर बोल्ट्सका सञ्जय कृष्णमूर्तिले सतक बनाएसँगै समूहचरणमा ३५ अर्धसतक बने । उनको जारी सिजनमा दोस्रो अर्धशतकसमेत हो । यो सिजनमा चितवन राइनोजका रवि बोपराले हालसम्म सबै भन्दा धेरै तीन अर्धसतक बनाएका छन् । त्यस्तै पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै एडम रोसिङटनले र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई÷दुई अर्धशतक बनाए ।
जारी सिजनमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सका ५÷५ जना खेलाडीले अर्धशतक बनाएका छन् । जारी सिजनको समूहचरणमा सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, क्रिश लिन ईशान पाण्डेले अर्धशतक बनाएका छन् । त्यस्तै विराटनगर किंग्सका लोकेश बम, साम हिजलेट, फाफ डू प्लेसिस, मार्टिन गुप्टिल, बसिर अहमदले अर्धसतक बनाएका छन् ।
त्यस्तै पोखराका सुमित बर्मा, जिमी निशम, ऋषी धवन, चितवनका डेविड मलान र अर्जुन साउँद, काठमाडौँ गोर्खाजका भीम सार्की, जोन सिम्प्सन, बेन चाल्र्सवर्थ, कर्णालीका मार्क वाट, लुम्बिनीका डार्सी सर्ट, जनकपुर बोल्ट्सका वायन पार्नेल, माज सदाकत, अनिल शाह र आशिफ शेखले एक÷एक अर्धशतक हिर्काएका छन् ।
यो सिजनको समूहरचणका खेल सकिदाँ दुई वटा शतक बनेका छन् । दुवै सतक प्रहार गर्ने टोलि प्लेअफमा पुग्न भने असफल भएका छन् । यो सिजनको हालसम्म कर्णालीका मार्क वाट र पोखराका एडम रोसिङटनले मात्रै शतक प्रहार गरेका छन् ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व