
सप्तरी । सप्तरीबाट गएराति १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । राति करिब पौने १ बजे सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका- ६ स्थित कटैया गाउँमा भोला सदाको घर खानतलासी गरेर लागुऔषध गाँजासहित उनलाई नियन्त्रणमा लिइएको हो ।
सदाले घरमा ठुलो परिमाणको गाँजा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले निजको घरबाट ५६ वटा बोरामा प्याक गरिएको अवस्थामा करिब १४ सय किलोग्राम लागुऔषध गाँजा बरामद गरेको हो ।
गाँजासहित सदालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सप्तरी लगिएको छ । सीमावर्ती गाउँ भएकोले उक्त गाँजा भारततर्फ निकासी गर्न लागिएको आशङ्का गरिएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा डेविड, निर्देशक झपिन्द्र
सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ
आरोहण टोली धवलागिरि आधार शिविरमा
रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो
छारेभिरमा पहिरो खसेपछि कर्णाली कोरिडोर ठप्प
बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध
ब्राइटनसँग आर्सनलको हार
नेप्से परिसूचक १४४ अंकले घट्यो, पुँजीकरणमा पनि गिरावट
एनपीएलको खेल तालिका सार्वजनिक
देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, ३ प्रदेशमा भारी वर्षाको सम्भावना