
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा द्विपक्षीय वार्ताहरुमा नेपालको राष्ट्रिय झण्डा नराखिएको विषयलाई लिएर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रष्टिकरण दिएको छ । रास्वपा प्रवक्ता जगदिश खरेलले झण्डालाई प्राविधिक विषय भन्दै अर्थमन्त्रीको भ्रमण उपलब्धीपूर्ण रहेको बताए ।
पार्टी सचिवालय बैठकपछि ब्रिफिङ गर्न आएका खरेललाई सञ्चारकर्मीले झण्डा प्रकरणबारे सोधेका थिए । खरेलले लामो प्रष्टिकरण दिँदै अन्त्यमा झण्डा प्राविधिक कुरा भएको बताएका हुन् । भारतीय वित्तमन्त्रीसँग उनको कार्यकक्षमा अर्थमन्त्रीको संक्षिप्त भेट भएको र त्यति नै बेला फोटो खिचिएको उनले बताए ।
नेपालको सन्दर्भ जोड्दै उनले भने, ‘हाम्रै प्रधानमन्त्री वा अर्थमन्त्रीज्यूको कार्यकक्षमा जाँदा पनि नेपालको मात्रै राष्ट्रिय झण्डा देखिन्छ, त्यहाँ अर्को देशको झण्डा राखिँदैन । त्यस्तै, त्यो तस्बिर भारतका वित्तमन्त्रीको आफ्नै कार्यकक्षमा केही समय सामान्य कुराकानीका लागि बस्दाको हो ।’
औपचारिक द्विपक्षीय वार्तामा भने कूटनीतिक मर्यादाअनुसार नै दुवै देशका झण्डा प्रयोग गरिएको प्रवक्ता खरेलले दावी गरे । नेपालको झण्डा डिजिटल डिस्प्लेमा भएको उनले बताए । ‘दुवै देशका प्रतिनिधिमण्डल (डेलिगेट्स) सहितको औपचारिक द्विपक्षीय संवादमा डिजिटल डिस्प्लेदेखि टेबलसम्म दुवै देशका झण्डा थिए । डा. वाग्ले बस्नुभएको ठाउँमा नेपालको र भारतीय मन्त्री बस्नुभएको ठाउँमा भारतको झण्डा राखिएको थियो,’ उनले भने ।
झण्डाको प्राविधिक विषयलाई अनावश्यक रूपमा उचालेर भ्रमणको उपलब्धि ओझेलमा पार्न नहुने प्रवक्ता खरेलको भनाइ थियो । उनले थपे, ‘झण्डा एउटा प्राविधिक कुरा हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणले के भयो त उपलब्धि भन्ने कुरा चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरा हो । भ्रमण निकै उपलब्धिपूर्ण रह्यो ।’












समाचार
दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा
अब जनताले देशको चाबी श्रम संस्कृतिलाई हस्तान्तरण गर्ने सुदन किरातीको दाबी
पाल्पा जीप दुर्घटनामा घाइते एक जनाको मृत्यु, ५ जनाको उपचार हुँदै
बेनी हाइड्रोपावरको आईपीओ कहिले बाँडफाँड हुन्छ ?
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना
भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने
दुई महिनामामा श्रम स्वीकृति लिनेकाे संख्या १ लाख बढी
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका ९ स्थानीय तह तयार
६ महिने सुत्केरी बिदा आरामका लागि होइन, आमा र बच्चाको स्वास्थ्यका लागि हो : सांसद थपलिया
ग्लोबल आइएमई सेक्यूरिटिज लिमिटेडको तेश्रो वार्षिक साधारणसभा सम्पन्न