
काठमाडौं । नेपाल र ग्रेनाडाबिच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ । ग्रेनाडासँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालले कूटनीतिक सम्बन्ध कायम गरेका देशको सङ्ख्या १८६ पुगेको छ ।
अमेरिकास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा अमेरिकी समय अनुसार मंगलबार भएको एक कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खानाल र ग्रेनाडा सरकारका अर्थमन्त्री डेनिस कोर्नवालले कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर समारोहअघि दुवै मन्त्रीले आपसी हितका विभिन्न विषयमा छलफल गरेका थिए । उनीहरूले दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा सहकार्य गर्ने तथा जलवायु परिवर्तनका असर सम्बोधन गर्ने क्षेत्रमा काम गर्ने सहमति गरेको नियोगले जनाएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
गरिबी उन्मूलनका लागि बहुआयामिक दृष्टिकोण आवश्यक : परराष्ट्र सचिव राई
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक
बाढीपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?
फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
देशभर दोहोरो वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सेबोनको नयाँ आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग