
काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न परमादेश जारी गरेको छ । छोरी डेनी दाहालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल पोखरेलको संयुक्त इजलासले रिट जारी गरेको हो ।
दाहाललाई थुनामा राखिराख्नुपर्ने आधार र कारण नदेखिएको ठहरसहित आजैका मितिबाट तारेखमा राख्न भनिएको छ । सर्वोच्चको आदेशमा दाहालले संविधान र कानुनविपरीत हिंसात्मक आन्दोलनको आह्वान गरेको नदेखिएको उल्लेख छ । काठमाडौं जिल्ला अदालतले पहिलो पटक ३ दिनको म्याद थप गर्दा बयान कार्य सम्पन्न गर्नसमेतका लागि भन्ने आधार लिएको भए पनि दाहालको बयान ६ गते नै सम्पन्न भइसकेको अदालतले स्मरण गराएको छ।
दाहालले ‘ग्रे-जोन’ को रिपोर्टबारे सामाजिक सञ्जालमा विचार व्यक्त गरेका थिए । उनलाई साइबर अपराधको कसुरमा ४ गते मोरङको बेलबारीबाट पक्राउ गरिएको थियो ।












समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि
दुई महिनामा व्यापार घाटा करिब साढे ३ खर्ब