विश्वकपको तयारीअन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी

काठमाडौं । विश्वकपको तयारीअन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी भएको छ । गएराति लिलमा सम्पन्न खेलमा फ्रान्सले उत्तरी आयरल्यान्ड लाई ३–१ गोलले पराजित गरेको हो । फ्रान्सको जितमा माइकल ओलिसेले ह्याट्रिक गर्दै टोलीलाई जित दिलाए । पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका ओलिसेले दोस्रो हाफ शुरु भएको चार मिनेटमै अर्को गोल थपेपछि फ्रान्स २–० गोलले अघि बढेको थियो ।

उत्तरी आयरल्यान्डका प्याट्रिक केलीले एक गोल फर्काउँदै खेललाई २–१ को अवस्थामा पुर्‍याए । तर खेलको ७५औँ मिनेटमा ओलिसेले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे र फ्रान्सको ३–१ को जित सुनिश्चित गरे ।  फ्रान्सले असार २ गते सेनेगलसँग खेल्दै विश्वकप यात्रा शुरु गर्नेछ । समूह ‘आई’ मा रहेको फ्रान्सले त्यसपछि इराक र नर्वेसँग प्रतिस्पर्धा गर्नेछ । फ्रान्स चार दिनअघि भएको मैत्रीपूर्ण फुटबलमा आइभरी कोस्टसँग २–१ गोलले पराजित भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार