
काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का नेपाल राष्ट्रिय निर्देशक आर्नो कोशवाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसँग भेट गरेका छन् ।
भेटमा भोटेकोशीको विनाशकारी बाढीको वैज्ञानिक अध्ययन र क्षति मूल्यांकन, जलवायुमैत्री विद्युत पूर्वाधार निर्माणमा सहकार्य र सहयोग गर्ने विषयमा छलफल भएको थियो ।
मन्त्री श्रेष्ठले मन्त्रालयले बाढीको वैज्ञानिक आधार खोज्न विज्ञ समिति गठन गरेर अध्ययन गरिरहेको जानकारी गराए । यसैगरी अबको करिडोर कस्तो हुनुपर्छ भनेर प्राविधिक रुपमा अध्ययन गर्न मन्त्रालयकै प्राविधिक टिम बनाइएको जानकारी गराए। मन्त्रालयले अध्ययनपश्चात एकीकृत अवधारणा पत्र बनाउन लागेको मन्त्री श्रेष्ठले बताए ।
एडिबीका राष्ट्रिय निर्देशक कोशवाले मन्त्रालयको विज्ञ र प्राविधिक टिमसँग सहकार्य गर्न तयार रहेको बताए । ऊर्जा क्षेत्रको समग्र विकासका लागि एडिबीका तर्फबाट वैज्ञानिक र प्राविधिक सहयोग गर्ने इच्छा व्यक्त गर्दै राष्ट्रिय निर्देशक कोशवाले क्षति मूल्यांकन र आगामी रणनीतिमा सघन काम गर्ने प्रतिबद्धता जनाए ।
भेटमा दुधकोशीको जलविद्युत आयोजनाको शिरमा हिमतालहरु रहेको र जलवायु परिवर्तनको असर कस्तो पर्छ भनेर जोखिमको अध्ययन एडिबीले गरिरहेको जानकारी राष्ट्रिय निर्देशक कोशवाले गराएका थिए । मन्त्री श्रेष्ठले यस्ता अध्ययनहरु अन्य बेसिनहरुमा पनि गर्नुपर्नेमा जोड दिए । यसमा एडिबी सहयोग महत्त्वपूर्ण हुने बताइ ।












समाचार
अमुदी फुड्सको यात्रा : उत्पादन विविधीकरण, क्षमता विस्तार र आइपीओ योजनासँगै राष्ट्रिय खाद्य ब्रान्ड बन्ने लक्ष्य
धाप बाँधको अवस्था सामान्य, आत्तिनुपर्ने अवस्था छैन
क्यूआर कोडमार्फत हुने कारोबार रकम २५ अर्ब रुपैयाँले घट्यो
गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह
विवादस्पद बनेका गड्डाचौकीका भन्सारका अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
वर्षाले नेपाल–भारत दुई सीमा स्तम्भ डुबानमा
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती