
काठमाडौं । सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ः ०० बजे तथा राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजेका लागि बोलाइएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसैगरी, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ सभासमक्ष प्रस्तुत गर्ने छिन् ।
प्रतिनिधिसभा बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले विभिन्न चारवटा विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । मन्त्री मेहताले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ बैठकमा पेस गर्नेछिन् ।
यस्तै, आजै अपराह्न १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यक्रम रहेको छ ।












समाचार
कालीगण्डकीको कटान हेर्ने क्रममा लडेर एक जनाको मृत्यु
कोहली र गिलको शतकमा वेस्ट इन्डिजमाथि भारतको सहज जित
सूचनामा विश्वव्यापी पहुँचको अन्तर्राष्ट्रिय दिवस नेपालमा मनाइँदै
नेपाल फार्मेसी परिषद्को सदस्य नियुक्ति प्रक्रियाप्रति फार्मेसी संघको विरोध, निष्पक्ष छानबिनको माग
दसैँ–तिहारको यातायातबारे छलफल गर्न पूर्वाधार विकास समितिको बैठक आह्वान
पश्चिमी र मनसुनी वायुको दोहोरो प्रभाव : यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
सम्पदा र पर्यटन जोड्न नाट्टा हेरिटेज रन, पुरुषतर्फ रविन्द्र र महिलातर्फ सुजिनालाई उपाधि
२ महिनामै ९ अर्ब ७४ करोडको स्मार्टफोन आयात
पहिरोका कारण सडक प्रभावित, मनकामना दर्शन तथा केबलकार सेवा भने सञ्चालनमा