
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई बैंकको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा नबिल बैंक र गरिमा विकास बैंकको सेयरमूल्य समायोजन भएको हो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी बैंकहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले नबिलको ५ प्रतिशत र गरिमाको १० प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात नबिल बैंकको सेयरमूल्य ५३९ रुपैयाँ ५ पैसा कायम भएको छ भने गरिमाको ४१४ रुपैयाँ ५५ पैसा कायम भएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात मंगलबार दोस्रो बजारमा नबिलको सेयर प्रतिकित्ता ५६६ रुपैयाँमा र गरिमाको ४५६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी बैंकहरुको कारोबार खुल्नेछ ।











समाचार
धिमे बज्छ, लाखे नाच्छ : व्यासमा मौलिक संस्कृति जोगाउने युवा जोस
जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी
दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र
मनाङमै अड्किए पर्यटक
प्रतिनिधिसभाको बैठक आज बस्दै
दोहोरो वायु सक्रिय, ६ प्रदेशमा वर्षाको सम्भावना
डलरको मूल्य स्थिर, पाउण्ड र युरोको घट्दा कुनको विनिमयदर कति ?
‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ लागू: स्टक ब्रोकर चार श्रेणीमा वर्गीकरण हुने
अध्यादेश निष्कृय भएपछि कानुनी शून्यता हटाउन विधेयक ल्याइएको हो: कानुनमन्त्री गौतम
शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन