
काठमाडौं । नेपाल लाइफ क्यापिटलले आज (माघ ४ गते) देखि सामूहिक लगानी कोष नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई सार्वजनिक निष्काशन तथा बिक्री खुला गर्दैछ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो।
निष्काशन गरिने कुल १६ करोड इकाईको न्यूनतम १५ प्रतिशत इकाई वा २ करोड ४० लाख इकाईमध्ये १४ प्रतिशत अर्थात् २ करोड २४ लाख इकाई कोष प्रवर्धक कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई र १ प्रतिशत अर्थात १६ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १३ करोड ६० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त योजनामा न्यूनतम १०० देखि १ करोड ६० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।
योजनाको इकाईमा माघ ८ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा माघ १८ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ। योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल लाइफ क्यापिटल लिमिटेड रहेको छ। उक्त योजनाको इकाई खरिदका लागि लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।













समाचार
‘विद्यमान कानुनबाट नै निजी क्षेत्रलाई पावर ट्रेडिङको लाइसेन्स दिन सम्भव’
सिरुबारी पहिरोः बेनी-जोमसोम सडकको मुख्य चुनौती
ईभीमा प्रयोग हुने ब्याट्रीको दर्ता, ट्र्याकिङ, संकलन, पुनःप्रयोग र रिसाइक्लिङका लागि स्पष्ट तथा व्यवस्थित प्रणाली आवश्यक : सरोकारवालाहरु
नाइमा एक्स्पोमा बढ्दो भीड, शनिबार र आइतबार व्यवस्थापनमा विशेष तयारी
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
एनसेलसँग सम्वन्धित प्रतिवेदन सार्वजनिक नगर्न र क्रियान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
महानगर प्रमुख आचार्यसँग रसियन दूतावासका प्रतिनिधिको भेट
पाँचतारे होटललाई ग्यास कालोबजारीको आरोप लगाएको भन्दै हानको आपत्ति
‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’