
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले आज (पुस ७ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको आईपीओको बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण सेयरमा ५७ हजार ७९८ कित्ता साधारण सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ । यद्यपि, कम्पनीको प्रतिसेयर मूल्य भने ८२० रुपैयाँ ८० पैसा रहेको छ । अर्थात लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनु पर्नेछ ।
बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा ९१३० को उपदफा ९१० बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता सेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिसेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो । लगानीकर्ताले न्यूनतम ५० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा पुस ११ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस २१ गतेसम्म लम्बिनेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्गद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
रिलायन्स स्पिनिङ्ग मिल नेपालको धागो उत्पादन गर्ने उद्योगहरुमध्ये रोजगारदाता उद्योगको रुपमा पनि सबैभन्दा ठूलो उद्योगको रुपमा रहेको छ । कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरु भारत, टर्की, भियतनाम, यूके लगायतका विभिन्न मुलुकहरुमा निर्यात गर्दै आएको छ । यस कम्पनीका अध्यक्ष पवन कुमार गोल्याण हुन् भने प्रबन्ध सञ्चालक अक्षय गोल्याण हुन् । कम्पनीको मुल उद्योग ‘ए’ ईटहरी नगरपालिका वडा नं. १२ खनार, सुनसरीमा रहेको छ भने शाखा उद्योग ‘बि’ ईटहरी नगरपालिका वडा नं। ४ दुहाबि, सुनसरीमा रहेको छ ।













समाचार
तीजको दरखाने खर्च बाढीपीडितलाई
१४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई केन्द्रीय समितिमा समेट्ने कांग्रेसको निर्णय
स्रोत नखुलेको १३ लाख रुपैयाँसहित ठमेलबाट एक युवक पक्राउ
बाढी प्रभावितको राहतका लागि निस्ट फाउन्डेसनको साढे २२ लाख सहयोग
एसियाली खेलकुदका लागि नेपालको क्रिकेट टोली घोषणा
नक्कली सुन देखाएर एक करोड ३९ लाख ठगी, एक पक्राउ
कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालन, रोकिएका ग्यास बुलेट पास गराइयो
मलेसियास्थित नेपाली राजदूतावासले भन्यो– अवैध बाटो हुँदै थाइल्यान्ड र मलेसिया आउनु जोखिमपूर्ण
जोखिमपूर्ण हिमतालका जलस्तर घटाउन गृहकार्य जारी : मन्त्री श्रेष्ठ
बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता