
जेरुसेलम । संयुक्त अरब इमिरेट्सबाट इजरायलतर्फ उडेको एउटा विमान पाइलटबीच झगडा भएपछि आपत्कालीन संकेत प्रसारण गर्दै साउदी अरबतर्फ डाइभर्ट भएको एक इजरायली अधिकारीले बुधबार बताएका छन्। उक्त घटना विमान अपहरणको नभएको अधिकारीको भनाइ छ।
फ्लाईदुबईको एफजेड१०७३ उडान दुबईबाट तेल अभिभतर्फ जाँदै गर्दा जोर्डनको हवाई क्षेत्रमाथिबाट साउदी अरबको दिशातर्फ मोडिएको थियो। उडानले सुरुमा सामान्य आपत्कालीन संकेत प्रसारण गरेको थियो। त्यसको केही मिनेटपछि सम्भावित गैरकानुनी हस्तक्षेपको संकेत दिने अर्को आपत्कालीन संकेत प्रसारण गरिएको फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइटराडार २४ ले जनाएको छ।
त्यसपछि बोइङ ७३७ विमानले पुनः सामान्य आपत्कालीन संकेत प्रसारण गरेको थियो। विमान अन्ततः उत्तरपश्चिमी साउदी अरबको ताबुक विमानस्थलमा सुरक्षित रूपमा अवतरण गरेको वेबसाइटले जनाएको छ।
इजरायली प्रधानमन्त्री कार्यालयका प्रवक्ताले उक्त घटना विमान अपहरणसँग सम्बन्धित भएको विश्वास नरहेको बताएका छन्।
फ्लाईदुबईका प्रवक्ताका अनुसार तेल अभिभतर्फ जाने क्रममा विमानमा ‘घटना’ भएपछि उडानलाई ताबुकतर्फ डाइभर्ट गरिएको थियो। विमान सुरक्षित रूपमा अवतरण गरेको र सबै यात्रु सुरक्षित तथा उपस्थित रहेकोबताइएको छ । एक इजरायली अधिकारीका अनुसार विमानका पाइलटबीच भौतिक झडप भएपछि उनीहरूले आपत्कालीन संकेत प्रसारण गरेका थिए।












समाचार
पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ३ अर्ब २० करोड घाटा
खाद्य कम्पनीले दसैँमा खसी-बोका र च्याङ्ग्रा नबेच्ने, ४४ जिल्लामा वर्षैभरि सहुलियत पसल चलाउने
भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान
बाढीले पुलको पिल्लरमा ठोक्काएको राइनो क्रुज अझै नदीमै, १० करोडको क्षति
कुलमान घिसिङले लोडसेडिङको चिन्ता गर्दै भने-लोडसेडिङ नहुन आजैदेखि आपूर्ति व्यवस्थापनको ठोस काम सुरु गर्नुपर्छ
सेयर बजार र लगानी उपकरणका लागि कानुन सक्षम छ : निमित्त सीईओ सुवेदी
बैदेशिक रोजगारीमा ठगीको जगजगी, वास्तविक ठग पत्ता लगाउन सरोकारवालालाई सकस
डिजेलको बढ्दो मूल्यबीच विद्युतीय सवारीतर्फ आकर्षण बढ्दो:अध्ययन
महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता तातोपानी नाका पुनः सञ्चालनका लागि चीनसंग आग्रह
सेयर बजारमा ४ अंकको गिरावट, कारोबार साढे ४ अर्ब माथि