
काठमाडौं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल लागेको छ । बागमती प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा तथा देशका तराई भूभागमा आंशिक बादल लाग्नेछ।
कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा मध्यमसम्मको तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। देशका तराई भूभागमा आंशिक बादल रही बिहानीपख हुस्सु लाग्नेछ।
कोशी प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा तथा बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।













समाचार
दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र
बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित
भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु
भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग
ऊर्जा मन्त्री श्रेष्ठद्वारा कुलेखानी जलविद्युत् ड्यामकाे निरी
ईएसजी, जलवायु प्रतिवेदन तथा दिगो वित्तसम्बन्धी राष्ट्रिय संवादमा आईक्यानको नेतृत्व
अमेरिकाको चेतावनीपछि जी–७ ले १० करोड ब्यारेल तेल र डिजेल बजारमा पठाउने
डडेल्धुराबाट शेरबहादुर र धनगढीबाट आरजु सर्वसम्मत क्षेत्रीय प्रतिनिधि
सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो: ट्राफिक प्रहरी
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् छलफलका कार्यसूची