सेयर बजारमा ११.९० को गिरावट, ४ अर्ब माथिको कारोबार

काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो दिन झिनो अंकले बढेको बजार आज दोहोरो अंकले घटेर बन्द भएको हो ।

आज सेयर बजार परिसूचक ११.९० अंकले घटेर २५८७.२५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २०७ कम्पनीको सेयर मूल्य घटेको छ भने ६१ कम्पनीको सेयर मूल्य बढेको छ । आज ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि १.७४ अंकले घटेर ४६३.०२ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने बाँकी दुई वटाको मूल्य बढेको छ ।

परिसूचक घटेको दिन बजारमा ४ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज ३५६ कम्पनीका १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर ४३ हजार ६८५ पटक खरिद बिक्री गर्दा ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार १८१ रुपैयाँको कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट