
पोखरा । पोखरामा उत्तरपूर्वी भारतका पर्यटन व्यवसायी र पोखराका पर्यटन व्यवसायीबीच पर्यटन प्रवर्द्धन तथा व्यवसायिक सहकार्यका लागि ‘बीटुबी’ कार्यक्रम भएको छ ।
नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा पोखरा पर्यटन परिषद्को सहकार्यमा होटल एसोसिएसन नेपाल गण्डकी, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी र होटल एसोसिएसन पोखरा नेपालको आयोजनामा शुक्रबार पोखरामा ‘बीटुबी’ कार्यक्रम भएको हो । ‘पर्यटन प्रवर्द्धन तथा व्यवसायिक सञ्जाल विस्तार’ को उद्देश्यसहित आयोजित कार्यक्रममा उत्तरपूर्वी भारतीय पर्यटन महासङ्घका प्रतिनिधि तथा पोखराका पर्यटन व्यवसायी सहभागी भएका थिए ।
कार्यक्रममा नेपाल र उत्तरपूर्वी भारतका पर्यटन व्यवसायीबिच पर्यटन प्रवर्द्धन, पर्यटक आदानप्रदान, व्यवसायिक सम्बन्ध विस्तार तथा आपसी सहकार्यका विषयमा छलफल भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष हरी भुजेलले बताए । दुवै क्षेत्रका पर्यटन व्यवसायीबीच प्रत्यक्ष भेटघाट र व्यवसायिक सम्बन्ध विस्तारले पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनको विश्वास छ ।
होटल एसोसिएसन पोखरा, नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले भारतका विभिन्न सहरमा वर्षेनी आयोजना गरिने ‘चलिए पोखरा’ अभियानलाई उत्तरपूर्वी भारतसम्म पुगेर सहकार्य गर्ने प्रतिवद्धता जनाए । पोखरा र उत्तरपूर्वी भारतबीच पर्यटन सम्बन्ध विस्तार गर्दै भारतीय पर्यटकको आगमन बढाउने ‘बीटुबी’ कार्यक्रमको मुख्य उद्देश्य रहेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष संगीता पौडेलले बताइन् । पर्यटन व्यवसायीबीच सहकार्यका नयाँ सम्भावना पहिचान गर्न कार्यक्रमले सहयोग पुग्ने उनले सुनाइन् ।
कार्यक्रममा उत्तरपूर्वी भारतीय पर्यटन महासङ्घका अध्यक्ष छिरिङ वाङ्गेले पोखरा भ्रमणका क्रममा यहाँका व्यवसायीसँग भएको भेटघाट र छलफलले आगामी दिनमा दुवै देशको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । पोखरासँग मिलेर पर्यटन सम्बन्धी धेरै कार्यक्रम गर्न सकिने उनले सुनाए ।
उत्तरपूर्वी भारत पर्यटन महासङ्घका महासचिव याङ्चेन टोङ्देन लेप्चाले उत्तरपूर्वी भारत र नेपाललाई सिमानाले मात्र छुट्याएपनि पर्यटन क्षेत्रमा एउटै उद्देश्य रहेको बताए । आगामी दिनमा पोखरा र उत्तरपूर्वी भारतका पर्यटन व्यवसायी पर्यटकीय गतिविधिमा सहकार्य गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।













समाचार
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् छलफलका कार्यसूची
फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने
अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान
सुनको मूल्यमा ३८०० रुपैयाँको गिरावट, तोलाको कति ?
पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार
हप्ता दिनमा पुँजी बजारमा ४२ अंकको गिरावट, औषतमा ४ अर्ब ७९ करोड
कांग्रेस केन्द्रीय सदस्यमा वरिष्ठ गायक चन्द्र शर्माको उम्मेदवारी
मनसुनी र पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमयदर
नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना