
काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ, रङरोगन तथा सौन्दर्यीकरणको काम तीव्र पारिएको छ । दसैँका अवसरमा भक्तजनको भीड लाग्ने मैतीदेवी मन्दिर परिसरलाई आकर्षक बनाउन अहिले रङरोगनको काम भइरहेको हो ।
रङरोगन सकिएपछि झिलिमिली बत्ती जडान गरी मन्दिर क्षेत्रलाई थप आकर्षक बनाउने तयारी रहेको मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य सचिव रमेश खड्गीले जानकारी दिए । उनका अनुसार मन्दिरको छत तथा भित्री भागको सरसफाइसमेत गरिएको छ ।
लामो समयदेखि धुवाँका कारण मन्दिरभित्रका संरचना कालो भएकाले विशेष सरसफाइ गरिएको उनले बताए । “सर्वप्रथम मैतीदेवी मन्दिरको सरसफाइ र रङरोगनको काम गरिरहेका छौँ । यो सकिएपछि एक-दुई दिनभित्र झिलिमिली बत्ती राख्ने काम सुरु गर्छौँ”, उनले भने, “यसपालि सडकबाटै झिलिमिली बत्ती राख्दैछौँ र त्यसपछि मन्दिरको छतमा पनि बत्ती जडान गर्ने योजना छ ।”
दसैँको तयारीसँगै मन्दिर परिसरमा विभिन्न संरचना निर्माण, मर्मत तथा स्तरोन्नतिका कामसमेत भइरहेका छन् । भोजघरको करिब ९८ प्रतिशत काम सकिएको छ भने भजन गर्ने पाटी र प्रबन्ध समितिको कार्यालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ । त्यस्तै, मयूरकुण्ड निर्माण पनि करिब ९५ प्रतिशत पूरा भएको समितिले जनाएको छ ।
मन्दिर क्षेत्रको पूर्वाधार विकासका लागि बागमती प्रदेश सरकार, वडा तथा सम्पदा संरक्षणसम्बन्धी बजेटबाट विभिन्न काम भइरहेको सदस्य सचिव खड्गीले बताए । “अझै गर्न बाँकी काम धेरै छन् । मन्दिर अगाडिको मुख्य सडकतर्फ रहेको बारलाई सांस्कृतिक स्वरूप दिने योजना छ । त्यसमा दाँची अप्पा राखेर पर्खाल उठाउने योजना बनाएका छौँ”, उनले भने ।
मैतीदेवी काठमाडौँ उपत्यकाका प्रसिद्ध शक्तिपीठमध्ये एक हो । बडादसैँको अवसरमा यहाँ दर्शन तथा पूजाआराधनाका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ ।












समाचार
बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित
भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु
भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग
ऊर्जा मन्त्री श्रेष्ठद्वारा कुलेखानी जलविद्युत् ड्यामकाे निरी
ईएसजी, जलवायु प्रतिवेदन तथा दिगो वित्तसम्बन्धी राष्ट्रिय संवादमा आईक्यानको नेतृत्व
अमेरिकाको चेतावनीपछि जी–७ ले १० करोड ब्यारेल तेल र डिजेल बजारमा पठाउने
डडेल्धुराबाट शेरबहादुर र धनगढीबाट आरजु सर्वसम्मत क्षेत्रीय प्रतिनिधि
सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो: ट्राफिक प्रहरी
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् छलफलका कार्यसूची
फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने