
काठमाडौं । सौन्दर्य तथा छालाको हेरचाहसम्बन्धी सामग्री एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यले ‘आई ब्युटी’ले सेवा विस्तार गरेको छ। ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार विभिन्न ब्रान्डका सौन्दर्य सामग्री सहज रूपमा छनोट गर्न सकून् भन्ने अवधारणासहित आई ब्युटी सञ्चालनमा ल्याइएको हो।
आई ब्युटीमा हाल लास्या, सिल्कन र टेनजिरो गरी तीनवटा एक्सक्लुसिभ ब्रान्ड उपलब्ध छन्। कम्पनीका अनुसार लास्या इटलीसँग सम्बन्धित सौन्दर्य ब्रान्ड हो। यसका सामग्री इटलीमा उत्पादन भएर नेपाल आउने तथा नेपालमै प्याकेजिङ र रिफिलिङ गरिने गरिएको छ। लास्या सन् २०१७ देखि नेपाली बजारमा उपलब्ध छ।
त्यस्तै, सिल्कन कोरियाली सौन्दर्य ब्रान्ड हो, जुन सन् २०१३ देखि नेपालमा बिक्री हुँदै आएको कम्पनीले जनाएको छ। सिल्कनका उत्पादन कोरियाली प्रविधि र अवधारणामा आधारित भए पनि प्याकेजिङ तथा रिफिलिङ नेपालमै हुने गरेको छ।
नेपालमै प्याकेजिङ तथा रिफिलिङ गर्दा अन्तर्राष्ट्रिय गुणस्तर र ब्रान्डको अवधारणा कायम राख्दै नेपाली उपभोक्ताको क्रयशक्ति तथा बजेटलाई ध्यानमा राखेर तुलनात्मक रूपमा पहुँचयोग्य मूल्यमा उत्पादन उपलब्ध गराउन सहज भएको आई ब्युटीको दाबी छ।
सन् २०२६ मा आई ब्युटीले ‘टेनजिरो’ ब्रान्ड नेपालमा सार्वजनिक गरेको हो। ‘मेड इन कोरिया’का रूपमा प्रस्तुत गरिएको टेनजिरो आई ब्युटीको एक्सक्लुसिभ ब्रान्ड हो।

नेपाली बजारमा उपभोक्ताको आवश्यकता र ब्रान्डप्रतिको रुचि फरक हुने भएकाले ग्राहकलाई आफ्नो आवश्यकता तथा बजेटअनुसार उत्पादन छनोट गर्ने वातावरण बनाउन खोजिएको कम्पनीले जनाएको छ।
‘एभ्रिथिङ यु निड, अन्डर वन रूफ’ अवधारणासहित अघि बढेको आई ब्युटीका हाल केएल टावरको दोस्रो तल्ला, धुम्बाराही पिपलबोट र सिटी स्क्वायर सामाखुसीमा गरी तीनवटा शाखा सञ्चालनमा छन्। कम्पनीले आई ब्युटीलाई परम्परागत कस्मेटिक पसलभन्दा फरक, विभिन्न ब्रान्ड, उत्पादनको विविधता, सुविधा र पहुँचयोग्य मूल्यलाई एउटै स्थानमा जोड्ने प्लेटफर्मका रूपमा विकास गरिरहेको जनाएको छ।












समाचार
मदन भण्डारी कप भलिबलको उपाधि नेपाल पुलिस क्लबलाई
मितेरी पुलमा ११ किलोभन्दा बढी चरेससहित नेपाली नागरिक पक्राउ
गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति
विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी
मौलिक संस्कृति जोगाउन छिनामखुमा साकेवाथान निर्माण
नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै
तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास
दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० उपयुक्त गन्तव्य
सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्षित कार्यक्रम
आजदेखि काँग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था