
काठमाडौं । नेपालीहरूको सबैभन्दा ठूलो चाडपर्वको मौसम सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ । दशैं, तिहार हुँदै छठसम्म चल्ने यही उत्सवको माहोललाई अझ विशेष बनाउन देशकै ठूलो सुपरमार्केट भाटभटेनी र नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले ग्राहकहरूका लागि आकर्षक योजना सार्वजनिक गरेका छन् ।
यसपटक भाटभटेनीमा चाडपर्वको किनमेल गर्दा सामान मात्रै घर लैजाने होइन, नेपालमा सर्वाधिक रुचाईएको इलेक्ट्रिक एसयुभी, नयाँ टाटा पन्च इभि नै जित्ने अवसर पनि प्राप्त गर्न सकिनेछ ।
योजना अन्तर्गत भाटभटेनीका देशभर रहेका कुनै पनि स्टोरबाट एकपटकमा रु. २,५०० वा सोभन्दा बढीको सामान खरिद गर्ने ग्राहक लक्की ड्रमा सहभागी हुन सक्नेछन् । खरिदका क्रममा प्राप्त बिलका आधारमा ग्राहकको नाम योजनामा दर्ता हुनेछ र योजनाको अन्त्यमा लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेता छनोट गरी नयाँ टाटा पन्च इभि उपहार प्रदान गरिनेछ ।
साथै, भाटभटेनीबाट सामान किन्दा नेपाल पेबाट क्यूआर गरी सामानको मूल्य तिर्दा पनि एक जना भाग्यशाली ग्राहकले अर्को नयाँ टाटाको पन्च ईभी कार जित्न सक्ने भाटभटेनीले बताएको छ । यो चाडपर्वमा भाटभटेनीमा सपिङ्ग गर्दा ग्राहकहरुले २ नंया टाटा पन्च इभि जित्न सक्नु हुनेछ ।
नयाँ पन्च इभि चाडपर्वको उपहार मात्र होइन, नयाँ पुस्ताको इलेक्ट्रिक एसयुभी
यस योजनाको सबैभन्दा ठूलो आकर्षण बनेको नयाँ टाटा पन्च इभि अहिलेको बदलिँदो नेपाली ग्राहकको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राखेर तयार गरिएको आधुनिक इलेक्ट्रिक एसयुभी हो । नयाँ पन्च इभिमा विद्युतीय ड्राइभिङको सहजतासँगै प्रविधि, सुरक्षा, आराम र कनेक्टिभिटीलाई विशेष प्राथमिकता दिइएको छ ।
अत्याधुनिक ‘एक्टि.इभि’ प्लेटफर्ममा आधारित नयाँ पञ्च ईभीमा ३२ पध्ज र ४० पध्ज क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छन्, जसले नेपालको बाटोमा गरिएको परीक्षण अनुसार एकपटकको फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिन्छन् ।
यस मोडलमा १९५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, द्यल्ऋब्ए ५–स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५सी डीसी फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस समावेश गरिएको छ ।
टाटा मोटर्स नेपालमा रहेको २० वटा शोरुम संगै अब नेपालभरीको २८ वटा भाटभटेनीमा पनि टाटा कारको जानकारी लिन सकिने छ । यसको साथै यो चाडपर्वको बेलामा भाटभटेनीमा सपि गर्ने टाटा कारको ग्राहकहरुले थुप्रै सरप्राइज पाउने कम्पनिले जनाएको छ ।












समाचार
वायुसेवा निगम वित्तीय संकट : उद्धार उडानबापत १३ करोड ७५ लाख रुपैयाँ पाउन बाँकी
घुससहित पक्राउ परेका विद्युतका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
दसैँ–तिहारका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा विभागले बोलायो बैठक
राष्ट्र बैंकले ३० करोड थान दुई रुपैयाँका सिक्का छाप्ने
ढुक्क हुनुस्, सरकार काम गरिरहेको छ : बालेन
कृत्रिम बुद्धिमत्ता (एआई) ले पत्रकारको विवेक, नैतिकतालाई प्रतिस्थापन गर्न सक्दैन : चेम्बर अध्यक्ष अग्रवाल
मनकामना केबलकार भोलि बन्द हुने
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू
सेयर बजारमा २० अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित
विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम