वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चार जना काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले चार जनालाई पक्राउ गरेको छ।

बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभन देखाई लामो समयसम्म झुक्याएर विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ। पक्राउ पर्ने व्यक्तिहरूमा धनुषाका योगेन्द्र राउत यादव (४१ वर्ष), भक्तपुरकी एलिसा अधिकारी (२५ वर्ष), दार्चुलाका हरिस सिंह महरा (२९ वर्ष) र बाराका राजेश प्रसाद जयसवाल (४५ वर्ष) रहेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट