साता दिनमा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । अघिल्ला हप्ताहरुमा उच्च वृद्धि भएको सुनको मूल्यमा यो साता भने सामान्य वृद्धि भएको हो ।

गत असोज १६ गते शुक्रबारको तुलनामा असोज २३ गतेसम्म आइपुग्दा सुनको मूल्यमा ९०० रुपैयाँको वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत असोज १६ गते शुक्रबार सुनको मूल्य तोलाको २ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यो साताका शुक्रबारसम्म आइपुग्दा २ लाख ९५ हजार ७०० मा पुगेको हो ।

त्यस्तै, असोज १८ गते आइतबार भने एकैदिन २ हजार ९०० रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, असोज १९ गते सोमबार सुनको मूल्य ४०० रुपैयाँले घटेर तोलाको २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, असोज २० गते मंगलबार भने सुनको मूल्य स्थिर रह्यो । त्यस्तै, असोज २१ गते बुधबार भने ८०० रुपैयाँले बढेर उक्त दिन सुन तोलाको २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, असोज २२ गते बिहीबार पनि प्रतितोलामा ५०० रुपैयाँले बढेर सुन २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, असोज २३ गते शुक्रबार भने एकैदिन २ हजार ९०० रुपैयाँले बढेर सुनको मूल्य २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर