
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेमा तत्काल बाढी आउने सम्भावना नरहेको गाउँपालिका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले बताएका छन् । शनिबार विहान रक्षामन्त्री तथा सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मानवीर राई, राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन लामा, कोशी प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी, गाउँपालिका अध्यक्ष मिङ्मा छिरि शेर्पा, राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले बाढी आएको क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेको थियो ।
अवलोकनका क्रममा फेरि बाढी आउने जोखिम नदेखिएको अध्यक्ष शेर्पाले बताए । ‘तल्लो भेगमा अझै पनि खतरा छ कि भन्ने शंका छ, हामीले त्यो देखेनौं, त्यहाँ चार वटा पोखरी रहेछ, तीनवटा पोखरी निलो रहेछ, निलो पोखरी त्यत्तिकै छ, छेउमा सानो पोखरी पनि रहेछ, त्यो फुटेको रहेछ । अब थप क्षति हुने अवस्था छैन’, उनले भने ।
शुक्रबारको बाढीबाट घरबास गुमाएका १५ परिवारलाई गाउँपालिकाले ५० हजार रुपैयाँ राहत दिएको छ । शुक्रबार हिमताल फुट्दा एक्कासी आएको बाढीले थामेमा १५ घर पूर्ण रुपमा क्षति भएको गाउँपालिकाले जनाएको छ । बाढीबाट प्रभावित अन्य ३१ घर परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँ दिएको गाउँपालिकाले जनाएको छ । अध्यक्ष शेर्पाले अन्य राहत पीडितको बर्गीकरण गरेर दिने बताए ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व